Market news
The share market, in the news.
374 stories and counting — NEPSE, SEBON, IPOs, AGMs and company announcements from Nepali financial publishers. Every headline links to the original story.
नबिल म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणानबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्सड् फन्ड–२ र नबिल ब्यालेन्सड् फन्ड–३ ले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाइधनीलाई नगद लाभांश वितरण गर्ने भएका छन्। दुवै योजनाका योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले लाभांश वितरण गर्ने निर्णय गरेको हो। निर्णयअनुसार नबिल ब्यालेन्सड् फन्ड–२ का इकाइधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्सड् फन्ड–३Read on bajarkochirfar.com ↗
लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको १५ प्रतिशत लाभांश पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले असोज १४ गते बिहान १० बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा साधारण सभा गर्ने निर्णय गरेको हो। बैंकले चुक्ता पुँजी १३Read on bajarkochirfar.com ↗
त्रिशूली–३ ए सुरुङबाट दुई जनाको जीवित उद्धाररसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप एक जनाको जीवित उद्धार गरिएको छ ।Read on arthakendra.com ↗
अब कहिले खुल्छ सेयर बजार ?भोलि भदौ १९ गते शुक्रबारदेखि भदौ २३ गते मंगलबारसम्म विभिन्न अवसरमा सार्वजनिक बिदा परेकाले सेयर बजारको कारोबार प्रभावित हुने भएको छ। तर, भदौ २२ गते सोमबार भने नेप्सेमा नियमित कारोबार हुनेछ। भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा छ। त्यसपछि भदौ २० गते शनिबार र २१Read on bajarkochirfar.com ↗
एक लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का हुँदैविन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार भदौ २१ गतेदेखि रोक्का हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया सम्पन्न गरी भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाटRead on bajarkochirfar.com ↗
४ अर्बको ऋणपत्र निष्काशन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलनबिल बैंक लिमिटेडले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यससम्बन्धी सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन्। बैंकले प्रतिऋणपत्र १Read on bajarkochirfar.com ↗
बाढीमा मृत्यु भएका सुरक्षाकर्मी र कर्मचारीका परिवारलाई १० लाख दिने सरकारको निर्णयसरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।Read on arthakendra.com ↗
‘हिमालयन ८०–२०’ को लाभांश घोषणाहिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘हिमालयन ८०–२०’ ले आर्थिक वर्ष २०८२/८३ का लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। योजना व्यवस्थापक हिमालयन क्यापिटलले आफ्नो पहिलो बन्दमुखी योजनाका इकाइधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। यसअनुसार इकाइधनीलाई कुल १५ करोड रुपैयाँ वितरण हुनेछ। लाभांश वितरणका लागि आवश्यकRead on bajarkochirfar.com ↗
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १८ अर्ब निक्षेप संकलन गर्दैनेपाल राष्ट्र बैंकले ९० दिनका लागि १८ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।Read on arthakendra.com ↗
एक हाइड्रोपावर कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, आयोगबाट पायो पूर्वस्वीकृतिमाया खोला हाइड्रोपावर कम्पनीले १ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब रुपैयाँको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत् नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएको हो। कम्पनीको नवौँ साधारणसभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। सोहीअनुसारRead on bajarkochirfar.com ↗
बाढीले कागजपत्र गुमाएका ग्राहकलाई वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न राष्ट्र बैंकको निर्देशननेपाल राष्ट्र बैंकले भोटेकोसी नदीमा आएको बाढीबाट कागजात गुमाएका बैंकका ग्राहकहरूलाई हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणको आधारमा वित्तीय सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।Read on arthakendra.com ↗
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १७ गते बुधबार बिहान बसेको सञ्चालक समितिको ४७३औँ बैठकले चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत नगद र ४ प्रतिशत बोनसRead on bajarkochirfar.com ↗
नेप्सेमा दोहोरो अंकको वृद्धि, परिसूचक २५३८.११ विन्दुमानेप्से परिसूचक आज १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ।Read on arthakendra.com ↗
सुरुङभित्र फसेकाको उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो- भीष्मराज आङ्देम्बेनेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय भएको टिप्पणी गरेका छन् ।Read on arthakendra.com ↗
नागढुंगा-नौबिसे सडक भासियो, यातायात एकतर्फीराजधानी प्रवेश गर्ने नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको छ ।Read on arthakendra.com ↗
सुन तोलाको ८ हजार ८ सयले घट्यो, चाँदीमा गिरावटनेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।Read on arthakendra.com ↗
भोटेकोशी–त्रिशूली बाढीः २५ अर्ब ८७ करोड बढीको बिमा दाबी पर्ने अनुमान, कुन कम्पनीमा कति ?भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिका कारण विभिन्न निर्जीवन बिमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक बिमा दाबी पर्ने अनुमान गरिएको छ। नेपाल बिमा प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार बाढीबाट कुल ५८३ बिमित प्रभावित भएका छन्। उनीहरूको क्षतिबापत अनुमानित २५ अर्ब ८७Read on bajarkochirfar.com ↗
माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजना पूर्णरूपमा क्षतिग्रस्त, अधिकांश कर्मचारीको अवस्था अझै अज्ञातचीनको तिब्बत क्षेत्रबाट रसुवागढी हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएको छ। त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाउँदै आयोजनामा भएको क्षतिबारे जानकारी गराएकोRead on bajarkochirfar.com ↗
अपर हेवाखोला हाइड्रोपावरका आधारभूत सेयरधनी घिमिरेले ४ लाख बढी कित्ता सेयर बेच्नेअपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका आधारभूत सेयरधनी सुदीप घिमिरेले आफूले धारण गरेको ४ लाख ५२ हजार ५३३ कित्ता सेयर आगामी तीन महिनाभित्र बिक्री गर्ने भएका छन्। घिमिरेले उक्त सेयर बिक्री गर्ने आशयसहितको निवेदन २०८३ भदौ १५ गते अपराह्न ४ बजे कम्पनीमा पेस गरेको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारीRead on bajarkochirfar.com ↗
शिखर पावर डेभलपमेन्टको १ लाख बढी कित्ता सेयरको लक–इन सकिँदैशिखर पावर डेभलपमेन्ट लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको १ लाख ११ हजार कित्ता साधारण सेयरको लक–इन अवधि आगामी २०८३ असोज २ गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार उक्त सेयरको लक–इन अवधि असोज २ गते समाप्त हुने जानकारी कम्पनीले दिएको हो। कम्पनीको जारी पूँजी ९८ करोडRead on bajarkochirfar.com ↗
धितोपत्र बोर्डले नेप्सेलाई दियो पाँच बुँदे निर्देशन, पत्रमा के छ ?भोटेकोशी नदीमा आएको बाढीपछि जलविद्युत कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजारमा विशेष निगरानी र सूचना प्रवाहलाई कडाइ गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पाँच बुँदे निर्देशन दिएको छ। प्राकृतिक विपद्बाट सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबार, बजार पारदर्शिता तथा लगानीकर्ताको हितमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दैRead on bajarkochirfar.com ↗
रसुवाको बाढीले चिलिमे र रसुवागढी हाइड्रोपावरमा ठूलो क्षति, ६ कर्मचारी अझै सम्पर्कविहीनरसुवाको गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत चिलिमे क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिका कारण चिलिमे जलविद्युत कम्पनी लिमिटेडका संरचनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको पावरहाउस सुरुङ क्षेत्रमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। कम्पनीले बाढीबाट चिलिमे क्षेत्रमा सडक सञ्जाल, विद्युत्, पूर्वाधार, सञ्चार सेवा,Read on bajarkochirfar.com ↗
आईसीएफसी फाइनान्सको नगद लाभांश घोषणाआईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको ३७२औँ बैठकले २०८३ साल असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ को १०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावRead on bajarkochirfar.com ↗
भोटेकोशी बाढीपछि २५ अर्ब ८७ करोडको प्रारम्भिक बीमा दाबीभोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिमा १५ वटा बीमा कम्पनीमा गरी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।Read on arthakendra.com ↗
Headlines are aggregated by Share Rocket Pro from third-party publishers and remain the property of those publishers. ShareRocketPro does not write or verify them, and nothing here is investment advice.